
सहकारी ठगीमा जोडिएका रबि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको कांग्रेसले दोस्रोपटक शुरू भएको प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ ।
कांग्रेसको अवरोधपछि शुक्रवार सवा २ बजे स्थगित बैठक अपरान्ह ४ बजेपछि शुरू भएको थियो । तर कांग्रेसले पुनः पहिलेकै शर्त राख्दै वेल घेराउ गरेको हो ।
दोस्रोपटक शुरू भएको बैठकमा सभामुख देवराज घिमिरेले गृहममन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो शंसोधन विधेयक २०८० माथि माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने अनुमति दिएलगत्तै कांग्रेसले वेल घेराउ गरेको हो ।
उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारीपीडितलाई न्याय दे भन्ने नारा लगाएका थिए ।
बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख सचेतकहरूको छलफल भएपनि सहमति जुट्न नसकेकोपछि बैठक पुनः राखिएको थियो ।
तर कांग्रेसले अवरोधले बैठक बस्ने स्थिति रहेन । यसैले बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ ।