×

NMB BANK
NIC ASIA

सरकारी स्वास्थ्य संस्थामा गोलमाल

मनमोहन कार्डियो सेन्टरमा चरम अनियमितता, नि:शुल्क औषधिबाट लाखौं झ्वाम !

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिनअन्तर्गत सञ्चालित मनमोहन कार्डियो-थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीमा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ ।

Muktinath Bank

गत असार २३ गते सोही अस्पतालकी नर्सिङ सह–नियन्त्रक विमला न्यौपानेको संयोजकत्वमा गठित छानबिन समितिले फार्मेसीमा काम गर्ने कर्मचारीहरूले चलखेल गरेर नि:शुल्क र कतिपय अवस्थामा स:शुल्क उपचार गराइरहेका बिरामीले फिर्ता गरेको औषधि फार्मेसीमा अनाधिकृतरूपमा दर्ता गराएर पैसा असुल्ने गरेको पत्ता लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानबिन समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, 'नि:शुल्क कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग गर्ने फारममा नर्सले माग गरेको संख्या अनुसार फार्मेसीबाट बिलिङ हुनुपर्नेमा कतिपय माग परिणामभन्दा जारी भएको परिणाम धेरै देखिएको छ ।'


Advertisment
Nabil box
Kumari

उक्त प्रतिवेदनमा नि:शुल्क कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग फारममा अन्त्यमा फिर्ता भएको औषधिको परिणाम समेत खुलाउनुपर्ने विधि सबै बिरामीको हकमा पालना नभएको पाइएको उल्लेख छ ।

Vianet communication
Laxmi Bank

null

'बिरामीलाई डाक्टरले सिफारिश गरेअनुसारको मात्रा र औषधि चलाइएको अवधिका आधारमा खपत हुनुपर्ने औषधिको परिणाम गणनासँग फार्मेसीबाट जारी भएको औषधिको परिणाम कतिपय बिरामीको हकमा बराबर देखिएको छैन,' प्रतिवेदनमा उल्लेख छ ।

बढी परिणाममा नि:शुल्क औषधि जारी गरिदिने, उपचार सकिएपछि अनावश्यक औषधि र मेडिकल किट बिरामीले फिर्ता गर्नुपर्ने र सोही फिर्ता गरिएको औषधिलाई सशुल्क उपचार गराइरहेका पुराना बिरामीहरूको बिलसँग भिडाएर रकम फिर्ता गर्ने र फिर्ता रकम कर्मचारीहरूले आफ्नो गोजीमा राख्ने गरेका हुन् ।

उक्त समितिले अघिल्लो आर्थिक वर्षको जेठ १५ गतेसम्मको बिक्री तथा औषधि फिर्ताको अभिलेख कम्प्युटर सफ्टवेयरबाट डाउनलोड गरी अध्ययन गरेको थियो ।

प्रतिवेदनअनुसार फार्मेसीका कर्मचारी कृष्ण पन्तले ५ लाख ९० हजार भन्दा बढी भ्रष्टाचार गरेका छन् । त्यहाँ नि:शुल्क उपचार गराइरहेका बिरामीहरूले फिर्ता गरेको औषधि र सामानहरूलाई सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर उनले उक्त रकम आफ्नो गोजीमा हालेका थिए ।

null

सोही प्रक्रियामार्फत जुना स्थापितले ३ लाख ७१ हजार भन्दा बढी भ्रष्टाचार गरेको प्रतिवेदनमा उल्लेख छ ।

null

राजेश शाह कानूले २ लाख १० हजार २५८ भ्रष्टाचार गरेको प्रतिवेदनमा देखिन्छ ।

त्यहाँ नि:शुल्क उपचार गराइरहेका बिरामीहरूले फिर्ता गरेको औषधि र सामानहरूलाई सशुल्क उपचार गराइरहेका बिरामीको पुरानो बिलसँग भिडाएर उनले उक्त रकम आफ्नो गोजीमा हालेका थिए ।

null

null

सुवास नामको युजरनेमबाट ५५ हजार ३ सय ५७ रुपैयाँ अनाधिकृत रूपमा बिलिङ र रिफन्ड गरिएको समितिको छानबिनमा देखिएको छ ।

उनले यामबहादुर थापा, सूर्यप्रसाद पण्डित, मनिकुमार श्रेष्ठलगायतका बिरामीहरूले फिर्ता गरेको नसा फुलाउने सामान (पीटीसीए इन्फ्लेसन डिभाइस) रिफन्ड गरेर फार्मेसीबाट पैसा असुलेका थिए ।

null

त्यस्तै फार्मेसीमै काम गर्ने सन्दीप यादवले २० हजार २ सय ६४ रूपैयाँ भ्रष्टाचार गरेका छन् । उनले मुटु रोगमै प्रयोग हुने मास्टर ब्लोवर र इन्डोस्कोपिक स्टेपलरलाई अनाधिकृत रूपमा फिर्ता गरेर फार्मेसीबाट रिफन्ड लिएका थिए ।

null

उनले नि:शुल्क उपचार गराइरहेका विष्णुप्रसाद श्रेष्ठ, ज्ञानुमाया कुँवर, टीकाकुमारी श्रेष्ठ, पुष्पराज सापकोटा लगायतका बिरामीले फिर्ता गरेका उल्लेखित सामानहरूलाई सशुल्क उपचार गराएका बिरामीको पुरानो बिलसँग भिडाएर रकम हिनामिना गरेका हुन् ।

छानबिन समितिकै प्रतिवेदनमा अर्की कर्मचारी सजिना कुशीले पनि सोही प्रक्रियामार्फत ५२ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको उल्लेख छ ।

समितिले जम्मा ४६ जना बिरामीको स्याम्पल लिएको थियो । ४६ जना बिरामीले फिर्ता गरेको औषधि र सामान अनधिकृत रिफन्ड गरेर कर्मचारीहरूले १३ लाखभन्दा बढी भ्रष्टाचार गरेका हुन् ।

लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै ३ लाख ७१ हजारभन्दा बढी रकममा मुछिएकी स्थापितले आफूले भ्रष्टाचार नगरेको दाबी गरिन् ।

तर, छानबिन समितिले त तपाईंलाई दोषी देखाएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, 'त्यो कसरी दोषी देखाइयो थाहा भएन, तर मैले भ्रष्टाचार गरेर पैसा लिएकी छैन ।'

स्थापित अहिले टिचिङ अस्पतालको 'बीपी आई केयर'को फार्मेसीमा सरुवा भएकी छन् ।

दैनिक सयौं बिरामी आउने उक्त अस्पतालमा गत आर्थिक वर्षमै ८ करोडभन्दा बढी भ्रष्टाचार भएको एक कर्मचारीको दाबी छ ।

'४६ जना बिरामीबाट मात्र १३/१४ लाख भ्रष्टाचार भएको देखिन्छ,' ती कर्मचारीले भने, 'हामीले दिनमै सयौं बिरामी हेर्नुपर्छ । भ्रष्टाचारको रकम करोडौंमा देखिन्छ । अझ धेरै भ्रष्टाचार त कोभिडकालमा भएको थियो । अहिलेसम्म छानबिन भएको थिएन ।'

यति ठूलो मात्रामा भ्रष्टाचार हुँदा समेत त्यहाँको प्रशासनले कुनै कारबाही गरेको छैन । निर्देशकसम्मैको मिलेमतो रहेको अस्पताल स्रोतको दाबी छ ।

स्रोत भन्छ, 'यो मात्र होइन, अन्य धेरै भ्रष्टाचारहरू भएका छन्, तर दोषी पत्ता लगाए पनि कारबाही हुँदैन । तलदेखि माथिसम्म सेटिङ छ ।'

दोषी देखिएकालाई किन कारबाही गरिएको छैन ? भन्ने लोकान्तरको प्रश्नमा अस्पतालका कार्यकारी निर्देशक रत्नमणि गजुरेलले माथिबाट कुनै निर्देशन नआएको बताए ।

'हामीभन्दा माथिल्लो निकायले पनि छानबिन गरिरहेको छ । माथिबाट कुनै निर्देशन आएको छैन,' उनले भने ।

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले छानबिन प्रतिवेदनमा दोषी देखिएकालाई कारबाही गर्ने जिम्मेवारी सम्बन्धित निकायकै रहेको बताए ।

'दोषी देखिएपछि कारवाही गर्ने हो,' उनले लोकान्तरसँग भने, 'माथिको निर्देशन कुरिरहनु पर्दैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x