२९ जेठ २०८३, शुक्रबार

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चैत ७, २०८०
पाँचथर
पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथरमा चट्याङले लागेर १ जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।

गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । 

'प्राथमिक उपचारपश्चात थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौं । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए', प्रनि कुशवाहाले भने ।

उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्