
काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रका बजार २४सैं घण्टा खुलाउने तयारी गरिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापन गर्ने थालेको छ ।
जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
‘आन्तरिक तयारी शुरू भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ', उनले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।
सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।
हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार ४ समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको छ ।