कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
विराटनगर | चैत ७, २०८०
गत शुक्रवार मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरे । चन्द्रिकाको हत्यापछि उनले पनि आत्महत्या गरे । सिराहाको लहान नगरपालिका–२१ मोतिपुर घर भएका २२ वर्षीय शिवशंकर दासले प्रेमिकाको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेका हुन् । प्रेममा धोका पाएपछि चन्द्रिकाको हत्या गरेका शिवशंकरले आफैँ पनि आत्महत्या गरेको नेपाल प्रहरीको अनुसन्धानबाट देखिएको छ । मोरङ प्रहरीका अनुसार चन्द्रिका र शिवशंकर चार वर्षअघिदेखि प्रेममा थिए । उनीहरू साइनोमा सोल्टी–सोल्टिनी हुन् ।
गत वैशाखमा शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिका सिराहा घर भएका सीएमए अमित धानुकसँग प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफूलाई धोका दिएको जानकारी पाएपछि विक्षिप्त भएका शिवशंकरले मलेसियादेखि आएर उनको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । चन्द्रिकाले धोका दिएपछि शिवशंकर २७ फागुनमा काठमाडौं आएका थिए । उनी घर नगइ सिधै विराटनगर आएका थिए । मलेसियाबाट आएपछि शिवशंकर तीन दिन विराटनगरमै बसेका थिए । त्यसपछि चन्द्रिकाको हत्या गरेर उनी दुई दिनसम्म भारतमा गएका बसेका थिए । त्यसपछि पुनः विराटनगर नै आएर आत्महत्या गरेको मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।
यस्तै गत फागुन २० गते एक किशोरी (नाबालिग)को हत्या पनि आफूलाई उनकै ‘प्रेमी’ बताउने व्यक्तिले गरे । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीया ती किशोरीको हत्या मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जीतपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीले गरेका हुन् । चौधरी विवाहित हुन् । यद्यपि उनले आफू केही समयअघिदेखि सञ्जनाको प्रेममा रहेको बयान दिएका थिए । चौधरीकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको खुलेको छ । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान र नजिकिएको प्रहरीले जनाएको छ । ती किशोरी भने मामाको छोराको घरमा बस्दै आएकी थिइन् ।
चौधरीले किशोरीको परिवारले आफूसँग विवाह नगरिदिने भएपछि उनको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो । तर अनुसन्धान गर्दै जाने क्रममा ती किशोरीलाई दाजु–भाउजुले कुटपिट गर्ने र विवाहमा अवरोध गरेको गुनासो गरेपछि चौधरीले दुईमध्ये एकको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । उनको टार्गेटमा बढी भाउजु परेकी थिइन् ।
चौधरीले केही समयअघि ती किशोरीलाई भगाएर भारततर्फ लगेका थिए । तर विराटनगरको सीमा नाका रानीबाट मानव बेचबिखनविरुद्ध काम गर्ने गैरसरकारी संस्थाले किशोरीको उद्धार गरी परिवारलाई बुझाएको अनुसन्धानबाट खुलेको छ । ‘त्यसपछि पनि दुईबीच सामाजिक सञ्जालमा कुराकानी हुने गरेको देखिएको छ,’ एसपी नवराज कार्कीले भने, ‘किशोरीका परिवारले चौधरीलाई फोन नगर्न र नजिक नहुन पनि पटक–पटक भन्दै आएको पाइएको छ । यसपछि किशारीको हत्या भएको देखिन्छ ।’
यस्तै मंगलवार राति बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमान्ले पनि आत्महत्या गरेका छन् । बेलबारी–१ भेडा बस्ने ६५ वर्षका बमबहादुर लिम्बूले श्रीमती गीताको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । बमबहादुरले ४५ वर्षीय श्रीमती गीताको धारिलो हतियार (दाउ) प्रहार गरेर हत्या गरेर त्यही दाउले घाटी रेटेर आत्महत्या गरेको उनले बताए । बमबहादुरलाई गम्भीर घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उद्धार गरी विराटनगरको नोबेल अस्पताल ल्याइपुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
गीताको हत्यापछि बमबहादुरको आत्महत्या पनि सम्बन्धमा आएको खटपटकै कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बम बहादुरले परपुरुषसँग सम्बन्ध रहेको भनेर श्रीमतीलाई आरोप लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । ‘एकअर्काप्रति विश्वास नगर्दा दुर्घटना भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले भने, ‘यौन सम्बन्धका कारण नै दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
उनले श्रीमतीलाई आरोप लगाएपछि गाउँ समाज बसेर मिलेर बस्न सुझावसमेत दिएको प्रहरीले जनाएको छ ।
उनीहरू भेडा टोलमा निर्मला राईको घरमा चार वर्षदेखि डेरा गरी बस्दै आएका थिए । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेको प्रहरीले जनाएको छ । उनीहरूका आठ वर्षका छोरा पनि रहेका छन् । ती छोराले बाबुले आमाको हत्या गरेको र आफूले पनि आत्महत्या गरेको देखेको बताएको प्रहरीले जनाएको छ ।
यी प्रतिनिधि घटना मात्रै हुन् । मोरङमा तीन हप्ताको बीचमा तीनवटा हत्याका घटना हुँदा पाँच जनाको ज्यान गएको छ । तीनवटै घटनामा प्रेम र दम्पतीमा आएको खटपटका कारणले भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार अघिल्लो आर्थिक वर्षमा मोरङमा ११ वटा कर्तव्य ज्यानका घटना भएका छन् भने चालु आवको चैत्र ७ गते बुधवारसम्ममा १३ वटा घटना घटेका छन् ।
अधिकांश ज्यानसम्बन्धी कसुर सामाजिक सञ्जालका माध्यमले सम्बन्ध भएका कारण भएको पनि प्रहरी नायव उपरीक्षक दाहालले बताए । ‘विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारीका कारण श्रीमान्–श्रीमती अलग–अलग ठाउँमा हुनु, एकै समयमा एकभन्दा बढीसँग प्रेम सबन्धमा रहनुले समेत हत्या बढाएको छ,’ उनले भने, ‘केटाले केटीका लागि पढ्न लगायतका काममा आर्थिक लगानी गर्नु र त्यही मान्छेसँग सम्बन्ध दिगो नभएपछि उसले धोका पाएको महसुस गरेका कारणले पनि हत्या हुने गरेका छन् ।’ मोरङमा प्रेममा खटपट भएर अविश्वास पैदा भएपछि हत्या गर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
समाजमा चली आएको मूल्यमान्यताका विपरीत जानेहरू नै जघन्य अपराधमा संलग्न हुने गरेको मनोचिकित्सकहरू बताउँछन् । सामाजिक सञ्जाल र कतिपय चलचित्रका कारण पनि समस्या भएको मनोचिकित्सकको भनाइ छ । ‘समाजमा हत्याका घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम बढाउनु आवश्यक रहेको कोशी अस्पताल विराटनगरका मनोरोग चिकित्सक प्रभात चालिसे बताउँछन् । ‘रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनु पर्छ,’ उनले भने ‘जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जना गर्नुपर्छ । ’
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...