०६ साउन २०८३, बुधबार

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

चैत ७, २०८०
काठमाडौं
गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताएका छन् ।

काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताए। उनले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताए। 

“हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उनले भने । 

अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राखे । उनले आगामी निर्वाचनमा काठमाडौँमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताए ।

उनले आगामी निर्वाचनमा काठमाडौँमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्