०१ साउन २०८३, शुक्रबार

रियलले बनायो नयाँ रेकर्ड

कात्तिक २०, २०७४
रियलले बनायो नयाँ रेकर्ड
काठमाडौं, २९ पुस–स्पानिस क्लब रियल मड्रिडले किर्तिमान बनाएको छ । ४० वटा खेलमा अपराजित रहँदै रियले किर्तिमान बनाएको हो । यसअघि बार्सिलोनाले ३९ वटा खेलमा हार बेहोरको थिएन ।

गएराति भएको स्पेनिस कोपा डेल रे अन्तर्गतको खेलमा रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मके खेल ३–३ को बराबरीमा सकिएको हो ।

खेलको अतिरिक्त समयमा करिब बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याएका हुन् । बराबरी सँगै समग्रमा ६–३ को जितसहित रियल क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेलको १० औं मिनेटमा डानिलो लुइजले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा रियलका मार्को आसिन्सोले गोल गर्दै पहिलो हाफसम्म खेल १–१ को बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको ८ औं मिनेटमै स्टेभन जोभटिकले गोल गर्दै पुन सेभिल्लालाई अग्रता दिलाए । भिसेन्ट इब्रोले ७७ औं मिनेटमा गोल गर्दै सेभिल्लाको अग्रतालाई दोब्बर बनाए । ८३ औं मिनेटमा रियलले पाएको पेनाल्टीमार्फत सर्जियो रामोसले गोल गर्दै खेल ३–२ को अन्तरमा ल्याएका थिए । खेलको अतिरिक्त समय अर्थात ९३ औं मिनेटमा करिम बेन्जामले गोल गर्दै रियललाई हारबाट जोगाए ।

salt training

कमेन्ट गर्नुहोस्