०९ साउन २०८३, शनिबार

बुटवलमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना

चैत ८, २०८०
काठमाडौं
बुटवलमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना

रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेर ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना भएको छ । बुटवलका युवा उद्यमी जगतबहादुर पोखरेलको नेतृत्वमा यस क्षेत्रका ७१ व्यवसायी मिलेर बीमा कम्पनी स्थापना गरेका हुन् । 

जिल्लाको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहने गरी स्थापित कम्पनीले शुक्रवारदेखि कामको औपचारिक शुरूवात गर्नेछ ।

साना तथा मझौला व्यवसायीहरूलाई बीमाको मूलधारमा ल्याउने र उनीहरूको सम्पत्तिमा दैवीप्रकोप, आकस्मिक दुर्घटनाबाट हुने हानी–नोक्सानी तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यले बीमा कम्पनी स्थापना गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

कम्पनीले देशभरमा १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडि बढाएको पोखरेलले जानकारी दिए । 

‘कम्पनीको ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । अर्कोतर्फ दुर्गम बस्तीदेखि सुगमसम्मका नेपालीहरूलाई बीमाको मूलधारमा ल्याउनु, उनीहरूको सम्पत्तिको सुरक्षणमा बीमाको पहुँच पुयाउनु  र बीमासम्बन्धी सचेतना जगाउनु मुख्य उद्देश्य हो,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्