२७ जेठ २०८३, बुधबार

सभामुख घिमिरे स्वीजरल्याण्ड प्रस्थान

चैत ८, २०८०
काठमाडौं
सभामुख घिमिरे स्वीजरल्याण्ड प्रस्थान

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे १० सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । 
चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो । 

घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,  नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारलगायत रहेका छन् । 

महासभामा सहभागी भई सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्