२८ जेठ २०८३, बिहीबार

राजमार्गको स्तरोन्नतिमा देखिएका समस्या समाधान गर्दै काम अगाडि बढाइने

चैत ८, २०८०
तनहुँ
राजमार्गको स्तरोन्नतिमा देखिएका समस्या समाधान गर्दै काम अगाडि बढाइने

 मुग्लिन पोखरा सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्दै निर्माणलाई अगाडि बढाउने   निर्णय सरोकारवालाले गरेका छन् । तनहुँको व्यास नगरपालिकाको संयोजनमा आज नगरपालिकाको सभाहलमा बसेको सरोकारवालाको बैठकले विविध पक्षका बारेमा छलफल गरी सडक निर्माणका क्रममा देखा परेका अप्ठ्यारालाई समाधान गर्दै निर्माण अगाडि बढाउने निर्णय गरेको हो । 

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजार खण्डमा यथाशीघ्र सडक अधिकारक्षेत्र रहेका घर भत्काउने, बिजुलीका पोल, खानेपानीका पाइपसमेत स्थानान्तरण गरी वर्षाभन्दा अगाडि कालोपत्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित घरधनीलाई सहयोग गर्न अनुरोध गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

उनले भने, “मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँका अन्य खण्डमा काम धेरै अगाडि बढेपनि दमौली बजार क्षेत्रमा काममा ढिलाइ भएको छ । सडक क्षेत्रभित्र रहेका घरटहरा नहटाउँदा काममा ढिलाइ भएकाले त्यस्ता संरचना हटाई सहयोग गर्न सम्बन्धित घरधनीलाई आग्रह गरेका छौँ ।”

सरोकारवालाको बैठकले राजमार्ग विस्तार गर्न निर्माण भइरहेकामा कतिपय स्थानमा नालाको निकास, स्थानीय घरधनीलाई आवतजावतमा हुने कठिनाई, चालु खानेपानी लाइनको पुनःस्थापना लगायतका विषयमा आयोजनाबाट व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख न्यौपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्