२९ जेठ २०८३, शुक्रबार

एक घण्टामा श्रम स्वीकृति दिन नसकिने

चैत ९, २०८०
काठमाडौं
एक घण्टामा श्रम स्वीकृति दिन नसकिने

श्रम  स्वीकृति  दिने  जिम्मा  पाएको  वैदेशिक  रोजगार  विभाग  अन्तर्गतका  वैदेशिक  रोजगार  कार्यालय  तथा  श्रम  कार्यालयहरूले  हालको  सफ्टवेयरबाट  एक  घण्टामा  श्रम  स्वीकृति दिन नसक्ने जनाएका छन् । श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री  डोलप्रसाद  अर्याल (डिपी) ले शुुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृतिदिने तयारी गरेको बताएका थिए । 

विभाग  अन्तर्गतका  वैदेशिक  रोजगार  कार्यालय  काठमाडौँसहित  श्रम  तथा  रोजगार  कार्यालय  पोखरा,  श्रम  तथा रोजगार कार्यालय बुुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।

विभागका  अनुसार  पछिल्लो  समयमा  औसतमा  एक  हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्