![काठमाडौंका ऐतिहासिक नदी–खोलामा ढलमिश्रित धमिलो पानीः शुद्धता ग्रन्थमै सीमित [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/rivers_in_kathmandu_5_J7fhJCM3hv.jpeg)
मानवजीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला–नदीको किनारबाटै शुरू भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योगीकरण, शहरहरूको विकासले पानीका स्रोत तथा जलाशयहरूमा असर गरिरहेको छ ।
काठमाडौं उपत्यका भएर बग्ने सबै खोला–नदी ढल र नालीजस्ता देखिन्छन् । प्रायः ब्राहै महिना कालो (धमिलो) पानी बगेको देखिन्छ । संग्लो पानीको दर्शनसम्म पाउन मुस्किल छ । ढल मिसिएको पानीबाट दुर्गन्ध पनि उस्तै आइरहेको हुन्छ ।
उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, मनोहरा, रुद्रमती (धोविखोला) हनुमन्ते, साली, टुकुचालगायत ऐतिहासिक नदी–खोलामा ढल पूरै मिसिएको छ । यी नदी–खोलाको शुद्धताको बखान विभिन्न ग्रन्थमा पाइन्छ । अब त्यो बखान त्यसैमा सीमित भएको छ ।
देशका सम्पदाहरूलाई संरक्षणस्वरुप यी नदी–खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन हुन जरुरी रहेको सरोकारवालाहरूको भनाइ छ ।

यस्तै हो भने नदी–खोलाको रङ कालो वा धमिलो होइन निलो र सेतो हुन्छ भनेर भावी पुस्तालाई बुझाउन गाह्रो हुने उनीहरूको चिन्ता छ ।

थप तस्वीरः





सन्दर्भः विश्व पानी दिवस