२७ जेठ २०८३, बुधबार

हिमाल आरोहणको सिजन लागेसँगै शुरू भयो मन्थली-लुक्ला उडान

चैत ११, २०८०
काठमाडौं
हिमाल आरोहणको सिजन लागेसँगै शुरू भयो मन्थली-लुक्ला उडान

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक उडान शुरू भएको छ । पदयात्रा र हिमाल आरोहणको मौसम लागेसँगै मन्थली–लुक्ला उडान थालिएको हो ।

तारा, समिट र सीता एयरले आजदेखि लुक्लासम्म नियमित उडान भर्न थालेका हुन् ।

पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् ।

पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक आउने गर्छन् ।

यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बु क्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे ।

यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताए । शुक्रवारदेखि उडान  गरे पनि मौसमले साथ नदिएको उनको भनाइ छ ।

आजदेखि मौसम खुलेसँगै नियमित उडान शुरू गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पूजा थापाले बताइन् ।

मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्