०९ साउन २०८३, शनिबार
दुई समूहबीच कुटाकुट

ललितपुरको ढोलाहिटीमा 'ग्याङ फाइट', दुई जनाको हत्या

चैत १२, २०८०
काठमाडौं
ललितपुरको ढोलाहिटीमा 'ग्याङ फाइट', दुई जनाको हत्या

ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा गएराति दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

मृत्यु हुनेमा सुनसरीको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको परिसरका प्रवक्ता एसपी नरेश सुवेदीले लोकान्तरलाई जानकारी दिए । 

ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको उनले बताए । 'राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन,' उनले भने । 

उनका अनुसार ​​पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा १८ जनालाई पक्राउ गरिएको उनले बताए । विवादको विषय खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्