२७ जेठ २०८३, बुधबार

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्‍ताह

चैत १२, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्‍ताह

​वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ‘ग्लोबल मनी वीक २०२४’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ मार्च १८ देखि २४ तारिखसम्म परेको वीक अन्तर्गत बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कूल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी ‘ग्लोबल मनी वीक २०२४ भव्य रुपमा मनाएको हो ।

सो अवधिमा बैंकले बैंकिङ्गसम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार्ने तरिका, बैंकहरूले प्रदान गरिरहेका डिजिटल सेवाका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ । 

यस्तै, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्‍ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ‘ग्लोबल मनी वीक’ मनाउँदै आएको छ ।

माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दै यस अघि पनि विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्