०७ साउन २०८३, बिहीबार

तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा: दिउँसो कस्तो रहला देशभरको मौसम ?

चैत १३, २०८०
काठमाडौं
तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा: दिउँसो कस्तो रहला देशभरको मौसम ?

हाल कोशी प्रदेशका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ । 

दिउँसो कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । 

राति देशभर आंशिक बदली रहने छ । कोशी  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

कमेन्ट गर्नुहोस्