०७ साउन २०८३, बिहीबार

सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

चैत १३, २०८०
काठमाडौं
सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् । 

उनले यस वर्ष चीनले राखेको करिब पाँच प्रतिशत कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको लक्ष्य वैश्विक अर्थतन्त्रका लागि सकारात्मक खबर भएको बताए । यस वर्षको प्रारम्भदेखि चीनको अर्थतन्त्र लगातार सुधार भइरहेको, राम्रो सुरुआत हासिल गरिरहेको र वर्षको आर्थिक तथा सामाजिक लक्ष्यहरू पूरा गर्न ठोस आधार तयार गरिरहेको उनको भनाइ थियो । 

दीर्घकालीनरूपमा चिनियाँ अर्थतन्त्रको संस्थान, बजार, उद्योग, मानव संसाधन र नवप्रवर्तनमा फाइदा छन् भन्दै प्रधानमन्त्री लीले दीर्घकालीन बलियो विकासको आधारभूत सिद्धान्त परिवर्तन नभएको र नहुने बताए ।

उनले चीनसँग दिगो अर्थतन्त्र र सुदृढ विकास कायम राख्ने आत्मविश्वास तथा क्षमता रहेको बताए । मुलुकलाई दृढताका साथ उच्चस्तरको खुलापनलाई निरन्तरता दिने र सबै पक्षसँग पारस्परिक लाभ र जित–जितको नतिजालाई राम्रोसँग प्रवर्द्धन गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्