
अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । ह्याकरहरूले अमेरिकाका केही महत्त्वपूर्ण पूर्वाधार क्षेत्रहरूलाई लक्षित गरेको भन्दै अमेरिकी ट्रेजरी डिपार्टमेन्टले उनीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।
चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनी र सरकारी अधिकारीहरूविरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा चलाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले चीनको साइबर जासुसीले विश्वभर लाखौं मानिसलाई असर गरेको बताएको छ । यसले अमेरिकी अधिकारी, राजनीतिज्ञ र अन्य धेरैलाई निशाना बनाएको समाचारमा उल्लेख छ । यसै कारणले चिनियाँ कम्पनी एडभान्स पर्सिस्टेन्ट थ्रेट ३१ (एपीटी ३१) मा प्रतिबन्ध लगाइएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।
चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी अधिकारीहरू, पत्रकारहरू, निगमहरू, प्रजातन्त्र समर्थक कार्यकर्ताहरू र बेलायतको चुनावी निगरानीकर्ताहरूलाई लक्षित गरी ठूलो मात्रामा अपरेसन शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चिनियाँ सरकारका आलोचकहरूलाई उत्पीडन गर्ने र अमेरिकी कर्पोरेसनहरूबाट डाटा चोर्ने र उच्च तहका राजनीतिक व्यक्तित्वहरूको जासुसी गर्ने उद्देश्यले सन् २०१० मा शुरू भएको थियो ।
यस्तै, बेलायती अधिकारीहरूले ह्याकरहरूमाथि प्रतिबन्धहरू घोषणा गरेका छन् ।