११ साउन २०८३, सोमबार
टी–२० क्रिकेट शृंखला

दोस्रो खेलमा पनि आयरल्यान्डविरुद्ध नेपालको सहज जीत

चैत १३, २०८०
काठमाडौं
दोस्रो खेलमा पनि आयरल्यान्डविरुद्ध नेपालको सहज जीत

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए'विरुद्ध नेपालले दोस्रो टी-२० मा पनि सहज ७१ रनको जीत हात पारेको छ ।

पहिलोमा ६ विकेट र दोस्रो पनि सहज जीत हात पारेपछि नेपाल २–० जित्न पुग्यो । टस जितेर ब्याटिङ गर्दै १९९ रनको लक्ष्य दिएको नेपालले आयरल्याण्डविरुद्ध ७१ रनको जीत दर्ता गरेको हो । 

२० ओभरमा ७ विकेट गुमाउँदै नेपालले १९९ रनको लक्ष्य दिएको थियो । नेपाली बलरसामु टिक्न नसक्दा आयरल्यान्ड १८.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो ।​

आयरल्यान्डका लागि स्टेफन दोहनीले २६, मोर्गन टोपीलले २१, केड कार्रिमेचलले १८, कप्तान नेल रकले १७, रोस अडेरले १७ रन बनाए । 

८ बलर खेलाएको नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए ।

करण केसी, विवेक यादव र कुशल भुर्तेलले एकएक विकेट लिए ।​

आयरल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमै ३४ रन बनाउँदा रोहित पौडेलले ३३ रनको योगदान दिए । 

कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१, अनिल साहले १२ र आसिफ शेखले ११ रनको योगदान दिए । डेब्यु गरेका विवेक यादवले ८ बलमा ७ रन बनाए । 

सोमवार पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्