०९ साउन २०८३, शनिबार

दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतबारे छानबिन गर्न सर्वोच्चको आदेश

चैत १३, २०८०
काठमाडौं
दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतबारे छानबिन गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो ।  

यही चैत ५ गते दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए । ​

बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । यस्तै थुनामा रहेका रामकुमार धिताललाई पनि थुनामुक्त सर्वोच्चले आदेश भएको छ ।​

​प्रसाईंका गार्डबाट बरामद भएको हतियार बोक्न इजाजत नभएको आदेशमा उल्लेख छ ।

'यस्तो हतियार बोक्न इजाजत छैन । के कसरी नवीकरण भएको हो ? नकारात्मक सूचीको  हतियार २०७९ पुस ७ मा कसरी नवीकरण भयो ?', आदेशमा भनिएको छ ।

अदालतजस्तो संवेदनशील क्षेत्रमा त्यस्ता हतियार बोक्न नपाउने गरी कानूनको व्यवस्था अबिलम्ब मिलाउनसमेत गृहको नाममा आदेश भएको हो ।​

यस्तो छ आदेश

null

null

null

salt training

कमेन्ट गर्नुहोस्