०४ साउन २०८३, सोमबार

मकवानपुरदेखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा

चैत १५, २०८०
काठमाडौं
मकवानपुरदेखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा

 राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको हेटौँडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आजदेखि जिल्ला दौडाहामा निस्किएका छन् ।

 कार्यक्रम तालिका अनुसार चैत्र १६ गते मकवानपुरको हेटौँडामा , १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा,सङ्गठन सुदृढीकरण सँगै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन् । 

दौडाहा टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र  समन्वय समितिका अध्यक्ष माधव खत्री ,सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी,केन्द्रीय सदस्य पुरु दाहाल र जनबर्गिय सङ्गठनका अध्यक्षहरू सहभागी रहने पार्टी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्