
कम्तीमा एक वर्षका लागि नवीकरण हुनुपर्ने नेपाल–भारत विद्युत् व्यापार सम्झौता ३ महिनाका लागि मात्र नवीकरण भएको छ । अहिले नेपाल आइरहेको विद्युतको परिमाण घटाएर ल्याउने गरी सम्झौता नवीकरण भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले ३ महिनाका लागि सम्झौता नवीकरण भएको जानकारी दिए । ‘५ सय मेगावाट विद्युत् आयात गर्नेगरी ३ महिनाका लागि सम्झौता भएको छ,’ घोषले लोकान्तरसँग भने ।
यसअघि ६ सय मेगावाट विद्युत् नेपाल आइरहेको थियो ।
भारतको आनाकानीका बीच ३ महिनाका लागि सम्झौता नवीकरण भएको हो ।
सम्झौता नवीकरण नभएको भए नेपालमा तत्कालै विद्युत् आपूर्ति कटौती (लोडसेडिङ) हुने खतरा थियो ।
पढ्नुहोस्, सम्बन्धित समाचार :
कुलमानको अक्षमताले हुन सकेन भारतसँग सम्झौता नवीकरण, महसुल वृद्धि वा लोडसेडिङको खतरा