२१ जेठ २०८३, बिहीबार
उपनिर्वाचन

रास्वपाले मिलन लिम्बूलाई बनायो इलाम– २ को उम्मेदवार

चैत १५, २०८०
काठमाडौं
रास्वपाले मिलन लिम्बूलाई बनायो इलाम– २ को उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार बनाएको छ ।

रास्वपाले बिहीवार विज्ञप्ति जारी गर्दै आगामी उपनिर्वाचनका लागि लिम्बूलाई उम्मेदवार बनाएको घोषणा गरेको हो ।

सञ्चारकर्मी पृष्ठभूमिका लिम्बूले यसअघि स्वतन्त्र रुपमै उम्मेदवारी घोषणा गरेका थिए । अहिले उनलाई रास्वपाले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन भएर रिक्त रहेको इलाम– २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्