०९ असार २०८३, मंगलबार

धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला

चैत १६, २०८०
काठमाडौं
धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला

धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । घर बिदामा रहेकी उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन् ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

उनको निधनप्रति धादिङ अस्पतालले दु:ख व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्