२२ जेठ २०८३, शुक्रबार

सँधियारको स्वीकृतबेगर ‘पाइनहिल टावर’ बनाउन नगरको अनुमति: प्रतिरोधमा उत्रिए स्थानीय

चैत १६, २०८०
काठमाडौं
सँधियारको स्वीकृतबेगर ‘पाइनहिल टावर’ बनाउन नगरको अनुमति: प्रतिरोधमा उत्रिए स्थानीय

काठमाडौंको नागार्जुन नगरपालिकाले सँधियारको स्वीकृतीबेगर नै ​फस्कुचोकस्थित बृहत इनभेस्टमेन्ट प्रालिलाई बेसमेन्टसहित ९ तल्ले अपार्टमेन्ट बनाउने अनुमति दिएको छ । पाइनहिल टावर बनाउन नगरपालिकाले अनुमोदन दिएपछि स्थानीयहरू प्रतिरोधमा उत्रिएका छन् ।

null

व्यावसायिक भवन निर्माणको इजाजत दिन वडा नम्बर ६ ले साँध-सँधियारको सहमति नलिएको र वातावरण प्रभाव मूल्यांकन पनि नगराएको स्थानीयको आरोप छ ।

टावरको निर्माण रोक्नुपर्ने मागसहित स्थानीय सँधियारले वडामा गत पुस ३ गते नै निवेदन दिएका थिए । निवेदनमा कुनै सुनुवाइ नभएको उनीहरूको आरोप छ । दुवै पक्षलाई राखेर छलफल गर्ने भनेर प्राविधिक शाखालाई दिएको जिम्मेवारीमा कुनै किसिमको छलफल नभई सिफारिस दिएको स्थानीयको आरोप छ । 

null

null

'नगरपालिकाले निर्माणको अनुमति दिँदा राष्ट्रिय भवन संहिता २०६० अनुसार तोकिएको प्राविधिक समितिको सिफारिसमा भवन ऐन २०५५ को दफा ११(२) अनुसारको प्रकृया पूरा गरी मात्र स्वीकृति दिएको हो कि होइन ?' स्थानीयको प्रश्न छ । 

उनीहरूले भवन निर्माणका क्रममा स्थानीयलाई पर्नसक्ने क्षतिबारे कुनै पनि छलफल नगरी स्वीकृति दिएको आरोपसमेत लगाएका छन् । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ मा रहेको सम्पत्तिको उपभोगसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीयले निर्माण रोक्का पहल गर्न सक्ने स्थानीय अमृत रिमालले बताए । 'कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सँधियारको घर वा जग्गा वा सँधियारलाई कुनै किसिमले हानिनोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ,' संहितामा रहेको व्यवस्थाबारे उल्लेख गर्दै उनले भने । 

यता वडा नम्बर ६ का अध्यक्ष देवेन्द्रराज गिरीले भने अहिलेसम्म सहमति जुट्न बाँकी रहेको दाबी गरे । '२/४ पटक यसअघि पनि छलफल भएको हो, निष्कर्षमा पुग्न सकिएको थिएन,' गिरीले लोकान्तरसँग भने, 'अब आउने आइतवार फाइनल हुन्छ । भवन बनाउने र स्थानीय सरोकारवालालाई बोलाएर छलफल गरेर सहमति गर्नेछौं ।'

salt training

कमेन्ट गर्नुहोस्