२१ जेठ २०८३, बिहीबार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चैत १६, २०८०
झापा
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने इलामको माई नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बू छन् ।

उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लिम्बूले ती किशोरीलाई बिर्तामोड नगरपालिका ४ स्थित कोहिनुर होटलमा बुधवार बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । 

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्