२९ जेठ २०८३, शुक्रबार

भैरहवाको 'सिद्धार्थ भिलासा'ले पायो पाँच तारे होटलको मान्यता

चैत १६, २०८०
बुटवल
भैरहवाको 'सिद्धार्थ भिलासा'ले पायो पाँच तारे होटलको मान्यता

सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ ।

'भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसपछि २६ वर्षको अनुभव बटुलेको ग्रुपले सञ्चालन गरेको होटललाई पाँच तारे मान्यता दिएको हो ।

‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, पर्यटन विभागले भनेको छ ।

करिब ५ बगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भि-एक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ एक्जुकेटिभ डिलक्स  गरी ८५ वटा रुम रहेका छन्  ।

होटलमा साना ठूला गरी  पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् ।

होटलमा पन्ध्र सय जना क्षमताको व्याङक्वेट हल रहेको छ जुन नेपालकै ठूलो व्याङक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

स्थापनाको छोटो समयमै 'डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल बनेको छ ।

लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरूबीच लोकप्रिय भइरहेको होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै व्यवसायमा अझ राम्रो गर्ने विश्वास गरिएको न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पश्चात् झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए ।

नेपालकै उत्कृष्ट बनाउने गरी क्यासीनोको लागि संरचनासमेत निर्माण भइसकेको छ ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्