३१ जेठ २०८३, आइतबार

करिब १० किलो गाँजा बरामद

चैत २२, २०८०
बारा
करिब १० किलो गाँजा बरामद

बारा । सिम्रौनगढ नगरपालिका-२ महुवाहीबाट अवध लागूऔषध गाँजा करिब १० किलो बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी अमृतगंज खजानीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ साइकलमा लैजाँदै गरेको बोरा छोडी मानिस फरार भएपश्चात् बोरा तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । 

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्