२७ जेठ २०८३, बुधबार

एक वर्षमै दोस्रोपटक चीन भ्रमणमा अमेरिकी अर्थमन्त्री

चैत २३, २०८०
काठमाडौं
एक वर्षमै दोस्रोपटक चीन भ्रमणमा अमेरिकी अर्थमन्त्री

एन्कोरेज - अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको यो दोस्रो चीन भ्रमण हो । चीनमा रहँदा उनले चिनियाँ अधिकारीहरूसँग छलफल गर्नेछिन् । 

अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरू हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ । उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्ने छिन् ।

त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्न् कार्यक्रम छ । बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ । 

गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धबीच भएको वार्ता निकै फलदायी रहेको थियो । खासगरी ताइवान मामिलालाई लिएर दुवै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुवै देशबीच संयुक्त कार्यसमूह गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्