२५ जेठ २०८३, सोमबार

पार्किङमा राखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी

चैत २३, २०८०
काठमाडौं
पार्किङमा राखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी

काठमाडौं महानगरपालिका-२४ मखन गल्लीमा पार्किङ गरिराखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ चोरी भएको छ ।

दोलखाको शैलुङगेश्वरी गाउँपालिका-४ घर भएका ३३ वर्षीय जितबहादुर खवासले प्रदेश ३-०२-००४ प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको बेला बिहीबार बेलुकी पैसा चोरी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्कुटरको अगाडि राखेको झोलाबाट नगद चोरी हो । चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्