०३ साउन २०८३, आइतबार

गोरखा दरबारमा बहुमूल्य धातु 'क्वार्ज क्रिस्टल' प्रतिस्थापनः प्रचण्डले राखे पृथ्वीनारायणको गद्दी छेवैमा

चैत २३, २०८०
काठमाडौं
गोरखा दरबारमा बहुमूल्य धातु 'क्वार्ज क्रिस्टल' प्रतिस्थापनः प्रचण्डले राखे पृथ्वीनारायणको गद्दी छेवैमा

गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्त्विक महत्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रवार आयोजना गरिएको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।

null

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे ।

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बूढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए ।

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्