०३ असार २०८३, बुधबार

केयरगिभरमा इजरायल जान करार सम्झौता

चैत २४, २०८०
काठमाडौं
केयरगिभरमा इजरायल जान करार सम्झौता

सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्