२२ असार २०८३, सोमबार

हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु

चैत २४, २०८०
काठमाडौं
हात्तीवनस्थित फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु

ललितपुरको हात्तीवनस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२३,  हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रहरीका अनुसार शव डढेको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन । पोस्टमार्टमका लागि शव अस्पताल लाने तयारी प्रहरीले गरेको छ । मृतक त्यहीँ काम गर्ने कामदार हुनसक्ने अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्