मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवल | चैत २४, २०८०
भैरहवा रुटमा हरेक दुई/दुई मिनेटमा माइक्रो बस छुट्ने गर्छन् । ‘सिक्स लेन’ सडकको यही रुटमा चल्ने माइक्रो बसको ढोका ढकढक्याउँछन् उमेरले साढे पाँच दशक लागेका कृष्ण कँडेल । यातायात क्षेत्रमा चार दशक बिताएका कृष्णले माइक्रो बसको ढोका ढकढक्याउँदा उनीमाथि सबैको नजर पर्छ । हुन पनि उनको सम्पूर्ण बैँस गाडीको यात्रासँगै साटियो । पहिलो पटक उनी गाडीमा हेल्पर (सहयोगी) बन्दा उनी १६ वर्षका मात्र थिए ।
‘गाडी लाइनमा छिरेपछि अरू केही सोच्नै सकिनँ,’ कृष्ण भन्छन्, ‘यसैको उज्यालो र अध्यारोमा यात्रुलाई लैजाँदा–लैजाँदै आफ्नै जीवन अँध्यारो हुन लागिसक्यो ।’ उनले चाडपर्व, दशैँ/तिहार केही नभनी कहिले गाडी चलाए त कहिले सहचालक बनेर यात्रु चढाउने–आराल्ने काम गर्दै गाउँ–शहर चहारिरहे । उनले गाडी लाइनमा लागेकै कारण १० वर्ष त दशैँ–तिहारजस्ता नेपालीका ठूला चाडपर्व मनाएनन् ।
हाल बुटवल निवासी कृष्ण विसं २०४२ देखि यातायात मजदुर बनेका हुन् । यो बीचमा करिब ४० वर्ष उनले दुःखका धेरै उकाला पार गर्नुपर्यो । कृष्ण १५ वर्षको छँदा काम खोज्दै गुल्मीबाट बुटवल झरेका थिए । १६ वर्षको उमेरमा गाडीमा सहचालक बनेका उनको जीवनमा उत्तरार्धमा आइसकेको छ । यद्यपि उनलाई कुनै दिन पनि फुर्सद छैन । यो क्रम कहिलेसम्म जान्छ भन्नेमा कृष्ण आफैँ अनुत्तरित छन् । यो क्रममा उनले सडकका दायाँ–बायाँ रहेका हजारौं होटलमा खाना खाए । यो यात्राको धेरै समय गाडीमै सुतेँ ।
१०–१२ वर्षसम्म आफैँ ‘स्टेरिङ’ समाएर बसभरीका यात्रुलाई निर्धक्कसँग गन्तव्यमा पुर्याए । लामो समय गाडी चलाउँदा पनि उनले प्रहरीसम्म पुग्नुपर्ने कुनै दुर्घटना गराएनन् । इमानदार भएर लामो समयसम्म रातदिन काम गर्दा पनि यातायात मजदुरको जीवन आर्थिक रुपमा सुरक्षित नभएको उनी बताउँछन् । तर पनि उनले यही क्षेत्रमा लागेर गरी खानु थियो । विदेश जाने सोच कहिल्यै बनाएनन् । ‘अर्काको देशमा पनि कहाँ सजिलो छ र ?’ कृष्ण भन्छन्, ‘जति दुःख भए पनि देशमै गर्नु ठीक भन्ने लागेर फेरि यहीँ काम गरिरहेको छु ।’
यातायात क्षेत्रमा धेरैजसो मजदुर स्वरोजगार भएपनि आर्थिक अवस्था भने दयनीय नै रहेको उनीे जनाउँछन् । ‘अहिले यातायात क्षेत्रमा ६५ प्रतिशत स्वरोजगार मजदुर छन्,’ उनी भन्छन्, ‘तर, सबैजसोले सामान्य दैनिक गुजारा चलाउनुबाहेक अरू गर्न सकेका छैनन् ।’
लामो समय सार्वजनिक यातायात क्षेत्रमा काम गर्दा पनि यो क्षेत्र सुधार नभएको देख्दा कृष्णलाई कहिलेकाहीँ दिक्क लाग्ने गर्छ । यद्यपि, उनीजस्ता मजदुरको यातायात क्षेत्र छाडेर अन्य पेशा रोज्ने अवस्था पनि छैन । यसर्थ उनी यातायात क्षेत्रमा सुधार खोजिरहेका छन् । उनी भन्छन्, ‘जीवन यही हो भनेर बिताएको क्षेत्र जहाँको त्यहीँजस्तो देख्दा कहिलेकाहीँ पीडा बोध हुन्छ ।’
गुल्मी सिरिङका कृष्ण ४० को दशकमा एसएलसी दिएर रोजगारी खोज्दै बुटवल झरेका थिए । एक मनले भारततिर जाने आदेश दिइरहँदा पनि अन्तिममा आफूले नेपालमै केही गर्नुपर्छ भन्ने सोच राखेको उनी बताउँछन् । तर बुटवल आएपछि धेरै दुःख पाएको अनुभव पनि उनीसँग छ । ‘मनले भारततिर जाने नसोचेको होइन । तर, नेपालमै केही गर्नुपर्छ भन्ने अठोट लिएँ,’ ती दिन सम्झिँदै उनी भन्छन्, बुटवलमा कोही चिनेजानेको थिएन । केहीदिन त भोकभोकै बसेँ ।’
केही समयको प्रयासपछि शुरूमा उनले लु १ ख ७३३ नम्बरको बुटवल–भैरहवा चल्ने गाडीमा ‘हेल्पर’ काम गर्न थाले । पाँच–सात महिना त्यहाँ काम गरे । त्यसताका बुटवल–नारायणगढ सडक चल्ने एउटा गाडी दाउन्नेमा दुर्घटना भएको थियो । उनले त्यही गाडीमा काम पाए । त्यो गाडी बुटवलदेखि गुल्मीको तम्घाससम्म चल्न थाल्यो । त्यहाँ उनले सहयोगी भएर काम गरे । पछि त्यही गाडीमा निरन्तर लागेर सहचालक हुँदै चालकसम्म हुन सफल भए । उनी विसं २०५१ सालतिर पहिलोपटक चालक बनेका हुन् ।
कृष्णलाई गाडी सिकाउने पूर्वयातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष कुमार थापा हुन् । चालक बनेपछिको शुरूवातीमा उनले बुटवल धागो कारखानाको गाडी चलाए । त्यसपछि कृष्ण थापाको तम्घास–काठमाडौं चल्ने गाडीमा हिड्न थाले । विसं २०५३ मा थापाले गाडी चलाउन छाडेर कृष्णलाई चालक बनाए । उनले उक्त कारखानाको गाडी चार वर्षसम्म काठमाडौंमा रहेर चलाए । उनले २०५५ भैरहवा–काठमाडौं रुटमा रात्रिबस चलाए । बुटवल आएपछि पनि उनले रात्रिबस नै चलाए । चालकको रुपमा उनले २०६३ सम्म निरन्तर काम गरे ।
त्यसपछि भने कृष्णको यात्रा मोडियो । ट्रेड युनियनको पूर्णकालीन भएर काम गरेँ । त्यसपछि उनले आफूले नै गाडी लिए । आफैँ साहु बने । अहिले उनी कहिले चालक त कहिले परिचालकको रुपमा पनि काम गर्छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनदेखि भलाई कोषमा पनि उनी जोडिएका छन् । उनले अहिलेसम्म सहयोगी, सहचालक, चालक हुँदै आफैँ गाडी किनेका छन् ।
पछिल्लो समय सडक दुर्घटना बढेकोमा कृष्ण चिन्तित छन् । उनी अहिले दुर्घटना न्यूनीकरणमा बढी चासो पनि राख्दै आएका छन् । तर, दुर्घटनामा बढ्नुमा चालकलाई मात्र दोष दिने चलनलाई उनी गलत देख्छन् ।
‘दुर्घटना भइसकेपछि गाडी मालिक र चालकलाई मात्र दोष दिने चलन छ । यो गलत हो । खासमा चालक, यात्रु र सडकका कारण बढी दुर्घटना भइरहेका छन्’ उनी भन्छन्, ‘सन् १९९६ को सडक छ, गाडी सन् २०२४ का आए । यसैकारण यस्तो अवस्था भयो । सडक सुधार गर्न सके दुर्घटना कम हुन्थ्यो ।’
कृष्णले गाडीमा हिँड्दाहिँड्दै नयाँ कुरासमेत फेला पारेका छन् । त्यो हो सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने पुरुषको संख्या घट्दो छ । ‘पछिल्लो समय सार्वजनिक गाडीमा यात्रा गर्ने ३० जना भए त्यसमा जम्मा ८ देखि १० जना मात्र पुरूष हुन्छन् । ती पुरुष पनि ५० वर्ष माथिका । अहिलेका युवा मोटरसाइकलमा हिँड्छन् । आर्थिक रुपमा सम्पन्न भएका युवा कार किन्छन् । सामान्य परिवारका मात्र अहिले सार्वजनिक गाडी चढ्छन्,’ उनले भने । गाडी चढ्ने यात्रुको संख्या धेरै घटेको कृष्णले संकेत गरेका हुन् ।
यसैकारण पछिल्लो समय यातायात क्षेत्रका धेरै मजदुर विस्थापित भइरहेको कृष्ण बताउँछन् । उनका अनुसार परिवारिक ‘लिगेसी’ समातेर यातायात क्षेत्रमा आउनेहरू अहिले छैनन् । उनले पनि बैंकमा लोन लिएर गाडी चलाइरहेका छन् । यस्तोमा यातायात क्षेत्रमा व्यवयायीलाई आकर्षित गर्न सरकारले नीति परिमार्जन गर्नुपर्ने कृष्णको राय छ । ‘राज्यले सबैभन्दा पहिलो यातायात प्राधिकरण गठन गनुपर्छ । अहिले भएका यातायातका नीतिहरूलाई परिमार्जन गर्नुपर्छ । अहिलेका कानून यात्रुमैत्री, व्यवसायीमैत्री छैनन् । सबै क्षेत्रलाई स्वीकार गर्ने नीति बन्नुपर्छ । सबै पक्षलाई स्वीकार हुने खालको कानून हुनुपर्यो,’ उनले भने ।
यातायातबारे जानकारी नै नभएको व्यक्तिले यस क्षेत्रको कानून डाफ्ट गरेकोप्रति कृष्णको चित्त दुःखाइ छ । ‘निजी क्षेत्रले लगानी गर्छ । राज्यले कानून बनाउछ, पब्लिक सेक्टर यात्रा गर्छ । तीनै पक्षलाई सुहाउने कही पनि छैन,’ उनी थप्छन्, ‘यातायात क्षेत्रको जानकारी नै नभएको व्यक्तिले यस क्षेत्रको कानून डाफ्ट गर्छ । विज्ञ विनाको कर्मचारीले गर्दा यातायात क्षेत्रलाई समस्या समाधान हुन सकेन ।’
केही गर्छु भन्ने हुटहुटी भएकाहरू यातायात क्षेत्रमा आएको तर उनीहरूलाई सहयोग र समर्थन नभएको कृष्ण बताउँछन् । यातायात क्षेत्रमा स्वरोजगारको बाहुल्यता भए पनि नीति–निर्माण तहमा उनीहरू पहुँच नभएको उनको गुनासो छ ।
‘केही गर्छु भन्ने हुटहुटी भएकाहरू यातायात क्षेत्रमा आएका छन् । तर उनीहरूलाई सपोर्ट गर्ने कोही छैनन् । यातायात क्षेत्रमा ६० प्रतिशत स्वरोजगारहरुको बाहुल्यता छ । तर, नीतिनिर्माण तहमा स्वरोजगार मजदुरको पहुँच छैन,’ उनी भन्छन्, ‘राज्यले गर्नुपर्ने काम सही ढंगले नगर्दा व्यवसायीलाई मात्र दोष दिइरहिएको छ । विकल्प दिन सकिएको छैन ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...