
बझाङको प्रदेशसभा १ मा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार साढे १ बजेसम्म विभिन्न तीन पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसरी उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन् ।
नेपाली कांग्रेससहितका दलले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।