×

NIC ASIA

शिक्षाप्रेमी

कन्चनजंगामा शिक्षाको ज्योति छरिरहेकी लक्ष्मी

कास्की | चैत २४, २०८०

Prabhu Bank
NTC
Premier Steels

कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न परिवारमा जन्मिएकी थिइन् लक्ष्मी गुरुङ । सानैदेखि खुला मनकी थिइन् उनी । घरमा कोही माग्न आउँदा चाहिएभन्दा बढी दिएर पठाउने गरेको अहिले पनि सम्झिन्छिन् । हुनेखाने परिवारमा जन्मिएकी लक्ष्मीलाई अभाव देख्नु/भोग्नु परेन । सिक्लेसको काखमा बालापन बित्योे । बुवा भारतीय आर्मी । छोरीलाई पनि पढाउनुपर्छ भन्ने विचार राख्थे बुवा । गाउँमा कक्षा ६ सम्म मात्र पढाइ हुने विद्यालयले थियो । पढाइकै लागि सपरिवार उनीहरू सिक्लेस छोडेर पोखरा झरे । पोखरा झरेलगत्तै बुवासँग लक्ष्मी भारत पुगिन् । 

Muktinath Bank

नयाँ माहोलमा घुलमिल हुन कठिन थियो । पढाइलाई निरन्तरता दिन पनि उत्तिकै कठिन भयो । दुई वर्ष भारत बसेपछि पुनः पोखरा फर्कियो उनको परिवार । भद्रकाली विद्यालयमा ७ कक्षामा भर्ना भइन् लक्ष्मी ।  २०४७ सालमा सत्र वर्षको उमेरमा एसएलसी पास गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स–साना बाधा हटाउँदै पढ्दै थिइन् । जिन्दगीको यान सरल रेखामै थियो । तर, बाटो सधैं कहाँ जहिले सहज हुन्छ र ? एसएलसी उत्तीर्ण गर्नुअघि नै उनको विवाद भइसकेको थियो । ७ कक्षामा पढ्दापढ्दै मग्नी र ९ कक्षामा विवाह भइसकेको थियो । विवाह भए पनि पढाइ र बाहिरी कुरामा रोकटोक थिएन । विवाहपछि बिना रोकटोक एसएलसी दिन पाइन् । श्रीमानले कुनै रोकटोक गरेनन् । 


Advertisment
Nabil box
Kumari

तर, त्यो श्रीमानको समझदारी नभई वेवास्ता थियो भन्ने बुझ्न लक्ष्मीलाई केही समय लाग्यो । एसएलसी दिएलगत्तै ठुली छोरी गर्भमा थिइन् । गर्भमा अर्को जीवन हुर्किंदै थियो लक्ष्मी परिपक्व हुँदै थिइन् । अनि मात्र थाहा भयो श्रीमानले देखाएको स्वतन्त्रता समझदारी नभई वेवास्ता थियो । ‘विवाह भएपछि जिन्दगीमा सबथोक पूरा भएजस्तो हुने रहेनछ । विवाहको वर्ष दिनपछि फरक पाएँ’, उनले विगत सुनाइन् । 

Vianet communication

भारतीय आर्मीमै थिए श्रीमान पनि । छोरी जन्मिएपछि खर्च बढेको थियो । आफ्नो आयश्रोत थिएन । परिवारसँग माग्न इमानले दिएन । श्रीमानको बेवास्तामा पैसा माग्न सहज थिएन । छोरी हुँदाहुँदै पृथ्वीनारायण क्याम्पसमा कक्षा ११ मा भर्ना भइन् । जिम्मेवारीले थिचेपछि १२ पढ्दापढ्दै छोड्नुपर्यो । छोरीको आवश्यकताका लागि ५२ सालमा भाष्कर मेमोरियल विद्यालयमा पढाउन थालिन् । पाँच वर्षसम्म विद्यालयमा पढाएपछि उनलाई महसुस भयो आफूले पनि विद्यालय सञ्चालन गर्न सक्छु । विद्यालय त सञ्चालन गर्ने तर, त्यसमा सबैको पहुँच होस् अर्थात सबै पढ्न सकुन् । 

शिक्षा सबैका लागि अपरिहार्य । तर, कतिपय बालबालिका शिक्षाको पहुँचमा अझैसम्म आएका छैनन् । नेपालका दुर्गम ग्रामीण भेगमा शिक्षाको सोचेजस्तो प्रगति अझै हुन सकेको छैन । वर्गीकरणका हिसाबले बालबालिका शिक्षाको पहुँचमा छन् । निम्न, मध्यम र धनी वर्गका बालबालिकाले पाउने शिक्षाको सुविधा फरक छ । यहीँ समस्यालाई आत्मसाथ गर्दै समाजका केही अनुयायीहरू लागिपरेका छन् । राज्यले गर्नुपर्ने काम व्यक्तिबाटै भइरहेको छ । यस्तैमा एक हुन् लक्ष्मी । शिक्षाको पहुँच हरेक परिवारमा पुर्‍याउन उनले पोखरामा विद्यालयमा स्थापना गरिन् । अनि ०५९ सालमा आफूसँगै ४ जना महिला मिलेर सुरुआत गरे कन्चनजंगा बोर्डिङ स्कुल । अनि फूलबारी–११ सयपत्री चोकनजिकै सुरु भयो लक्ष्मीको विद्याको कन्चनजंगा । पौने ३ रोपनी जग्गामा ६ वटा कक्षा सञ्चालनमा आयो । उनीसँगैका बाँकी ३ जनाले पढाउने भए । सोचेजस्तो सहज पक्कै थिएन । ‘महिलाले खोलेको स्कुल भनेर धेरैले कुरा काटे । त्यो पनि गुरुङ परिवारले खोलेकोसम्म भन्न भ्याए,’ उनले सुनाइन् ।

उनी भने आफ्नो कामप्रति विश्वस्त थिइन् । एक दिन पक्कै सफल भइन्छ भन्ने आत्मविश्वास थियो । विद्यालय स्थापनाको केही समयमै विद्यार्थी बढ्न थाले । विद्यालय क्षेत्रको जग्गा सानो हुन थाल्यो । त्यसको केही पर अर्को ६ रोपनी जग्गा भाडामा लिएर विद्यालय सञ्चालन हुने भयो । गुरुङ परिवार भएकाले रकम जुटाउन असहज भएन । काम आँटेपछि आर्थिक पाटोले रोकिनुपरेनआर्थिकबाहेक पनि व्यवस्थापन मूल कुरा थियो । व्यवस्थापनको भार आफैंमा थियो । सन्तान र विद्यालयसँगै लैजानु थियो । हरेक परिवारका लागि खुला थियो कन्चनजंगाजसकारण पनि विद्यालय व्यावसायिकरूपमा सक्षम थिएन । यहीँ कारण लक्ष्मीले ३४ वर्षको उमेरमा विदेश हानिने निर्णय लिइन् । आफू जहाँ भए पनि विद्यालय सञ्चालन गर्ने उनको इच्छा थियो । २०६५ सालमा नर्वे जानुअघि विद्यालयलाई केही हदसम्म उकासेर गइन् । ‘म गइसकेपछि मान्छेमा अलिकति नकरात्मक सन्देश गयो । लक्ष्मी गइसकेपछि स्कुल चल्दैन भन्ने भयो । तर, मेरो ध्यान यतै हुन्थ्यो । थोरै तलमाथि त भयो तर, म यता हेर्थे । आर्थिक पाटो बलियो बनाउन विदेश पुगेकी थिएँ,’ उनले भनिन् ।

बाहिर भए पनि उनले विद्यालयको बारेमा बुझिरहिन् । २०७१ सालमा नेपाल फर्किएपछि भने उनले विद्यालयमै समय दिइन् । योबाहेक उनी सामाजिक सेवामा पनि सक्रिय छिन् । विदेश रहँदै उनले समय समयमा विपन्नलाई सहयोग गर्थिन् । भूकम्प जाँदा पनि गोरखामा उत्तिकै सक्रिय भएर सहयोगका लागि खटिन् । जीवन अघि बढिरहे पनि उनलाई खुल्ला महसुस भएको थिएन । नफुकेको गाँठोले असहज बनाएको थियो । बिग्रिएको वैवाहिक जीवनलाई मौका दिने सोच राखेकी उनले बुझिन् इज्जतका कारण मौन बस्नुहुँदैन । ‘वैवाहिक जीवन सम्पन्न हुन्छ भन्ने छैन । इज्जतको ख्याल गरेर २५/२६ वर्ष मौनतामा बसे । दाम्पत्य जीवन राम्रो बनाउनतिर लागे तर, हिजो नभएको कुरा आज पनि हुँदैन । इज्जत भनेर बसेर नहुने रहेछ’, उनले भनिन् । 

आफूले अहिले लिएको निर्णय विवाह भएको केही समयपछि लिन नसकेकोमा उनलाई पछुतो छ । ‘पहिले म साइड लागेको भए म केही अगाडि हुन्थे कि ? तर, छोराछोरी भइसकेपछि आफ्नोभन्दा बच्चाको लागि सोच आउने रहेछ । निर्णय लिन सकस थियो’, उनले भनिन् ,‘जहिले एकै कुराको कलहले पनि जन्जिर हुने रहेछ । काममा झन्झट हुने समय र उमेर महत्वपूर्ण हो । अब त्यो फर्किएर आउँदैन ।’

आँखामा अनेकौं सपना सजाएकी लक्ष्मीको पढ्ने इच्छा अझै कायमै छ । आफूले देखेको केही सपना आधा अपूरो भए पनि अरुको आँखाको सपना देखेर उनी खुशी हुन्छिन् । विपन्न परिवारको बच्चाको आँखामा सपनाको उडान भरिरहेकी छिन् । कञ्चनजंगा अन्य बोर्डिङ स्कुलभन्दा कम शुल्कमा पढाइ हुन्छ । विद्यालयमा भर्ना शुल्क र पढाइ शुल्क भनेर कहिले निर्धारण गरिएको हुँदैन । परिवारको आर्थिक परिस्थिति हेरेर विद्यालयले शुल्क लिन्छ । त्यसैले पनि होला विद्यालयबाट निस्किएका विद्यार्थी पनि फर्कि फर्की आउँछन् । 

आफू पनि सरल, शान्त स्वभावकी उनी हरेक कुरा दीर्घकालीन हुनुपर्ने सोच राख्छिन् । ‘प्रसिद्ध हुनुभन्दा दीर्घकालीन हुनुपर्छ,’ उनको विचार छ । ‘मान्छे दीर्घकालीन रूपमा चलन पर्छ । क्षणिक रूपमा देखावटी गर्न मन लाग्दैन । हाइलाइटमा लान र जान चाहन्नँ,’ उनी भन्छिन् ,‘हिजो थियो, आज छ । भोलि पनि हुन्छ र पर्सि पनि हुन्छ भन्ने लाग्छ ।’ 

उनी निरन्तरमा विश्वास गर्छिन् । आत्तिएरभन्दा धैर्यताका साथ काम गर्नुपर्ने उनको विचार छ ।  लक्ष्मीको सहयोगी भावले सम्मान  र माया गर्ने धेरै छन् । विद्यालयको वातावरण पनि विद्यार्थी सम्झिएर भेट्न आइरहन्छन् । कोही विद्यार्थी बाल्यकालका अभावका तितामिठा घटना सम्झिँदै लक्ष्मीलाई धन्यवाद भन्छन् । उनको अघि आएर रुन्छन् । यति भनिसक्दा लक्ष्मीका आँखा पनि भरिन्छन् । कुरा गर्दागर्दै लक्ष्मीका आँखा रसाए । पछ्यौराले आँसु पुछ्दै उनले भनिन्, ‘बोर्डिङ स्कुल धनी र हुनेखानेका लागि मात्र होइन । सबैले गुणस्तरीय शिक्षा पाउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x