३० जेठ २०८३, शनिबार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

चैत २४, २०८०
तनहुँ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

तनहुँमा श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जीतबहादुर कुमाल छन् । 

उनलाई ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्