२१ जेठ २०८३, बिहीबार

आयरल्यान्ड उल्भ्सविरुद्ध सान्त्वना जीतको खोजीमा नेपाल ‘ए’

चैत २५, २०८०
काठमाडौं
आयरल्यान्ड उल्भ्सविरुद्ध सान्त्वना जीतको खोजीमा नेपाल ‘ए’

काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीच अन्तिम खेल हुँदैछ । खेल बिहान साढे ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । 

यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्यान्ड उल्भ्ससँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ पहिलो खेलमा १३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा ६० रनमै समेटिएको थियो । 

आज आयरल्यान्ड उल्भ्स एदिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ ।

अर्कोतिर नेपाल ‘ए’ भने सान्वता जीतको खोजीमा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्