२८ असार २०८३, आइतबार

भरतपुर आधुनिक शहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

चैत २५, २०८०
चितवन
भरतपुर आधुनिक शहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील शहरका रूपमा फड्को मारिरहेको बताएका छन् । 

भरतपुर अस्पतालको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयामिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे।

'भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील शहरका रूपमा फड्को मारिरहेको छ', प्रधानमन्त्री प्रचण्डले भने, 'स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा खेतीयोग्य जमिनको विस्तार एवं शहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।'

उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरे  ।

salt training

कमेन्ट गर्नुहोस्