०२ साउन २०८३, शनिबार

राप्रपाले आज काठमाडौँमा जनप्रदर्शन गर्ने

चैत २७, २०८०
काठमाडौं
राप्रपाले आज काठमाडौँमा जनप्रदर्शन गर्ने

काठमाडौं। राप्रपाले मंगलबार काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने भएको हो । 

आजको जनप्रदर्शनमा राजधानीका दर्जनौं स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्याली सहितको सहभागीता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । प्रदर्शनका सहभागीहरु भृकुटीमण्डपमा भेला हुने, शहरका विभिन्न ठाऊॅ परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरुले सम्बोधन गर्नेछन् ।

देशभर साना ठूला सभा गर्दै आफ्नो मागका पक्षमा जनमत सिर्जना गरेको राप्रपाले आज काठमाडौं केन्द्रित प्रदर्शन विशेष हुने दाबी गरेको छ। जनप्रदर्शनलाई भव्य बनाउँदै सरकारलाई दबाब महसुस गराउने तयारी गरेको राप्रपाले काठमाडौं उपत्यकाका हरेक पालिकामा कमान्डर तोकेको थियो । ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर आन्दोलनलाई प्रचारात्मक बनाउॅदै जनपरिचालन गरेको छ। 

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने,  जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्