२९ असार २०८३, सोमबार
सडक आन्दोलनमा पूर्वपञ्चको पार्टी

राजतन्त्रको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन [ड्रोन तस्वीरहरू]

चैत २७, २०८०
काठमाडौं
राजतन्त्रको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन [ड्रोन तस्वीरहरू]

राजतन्त्र र सनातन हिन्दू राष्ट्रको पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलवार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ४० बुँदे ज्ञापनपत्र बुझाएर राप्रपाले आन्दोलन थालेको हो ।

मंगलवार काठमाडौंको भृकुटी मण्डपमा भेला भएर राप्रपाले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताले भद्रकालीमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडपको स्थिति बनेको थियो ।

प्रदर्शनकारीले ‘गणतन्त्रका रावणहरू’ भनेर सत्तारुढ दलका नेताको फोटो प्रदर्शन गरेका थिए । राप्रपाको प्रदर्शनका कारण मंगलवार काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित बन्न पुगेको थियो ।​​

पूर्वपञ्चको पार्टी राप्रपाले आफ्ना माग पूरा गर्न सडक आन्दोलन चर्काउने चेतावनी दिएको छ ।​

हेर्नुहोस्, राप्रपाको प्रदर्शनका ड्रोन तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्