११ साउन २०८३, सोमबार

रविमाथि संसदीय छानबिनको माग गर्दै विश्वप्रकाशले गरे रास्वपाको एउटा मागमा समर्थन

चैत २७, २०८०
काठमाडौं
रविमाथि संसदीय छानबिनको माग गर्दै विश्वप्रकाशले गरे रास्वपाको एउटा मागमा समर्थन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागको समर्थन गर्दै २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनले मंगलवार सामाजिक सञ्जाल (एक्स)मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो माग गरेका हुन् ।

साथै शर्माले सहकारी ठगीबारे संसदीय समिति गठन गर्ने मागसमेत दोहोर्याएका छन् । 

‘प्रधानमन्त्रीलाई सार्वजनिक अपील ! विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ, गठन गरौं,’ उनले लेखेका छन्, ‘सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गरौँ !’

शर्माको दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने माग राख्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्