कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडाैं | चैत २७, २०८०
बेइजिङ– चीनका विदेशमन्त्री वाङ यीले मङ्गलवार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटका क्रममा बेइजिङले मस्कोसँग रणनीतक सहयोगलाई बलियो बनाउने र दुवै मुलुक ‘निष्पक्षता र न्याय’को पक्षमा उभिनुपर्ने बताएका छन् ।
युक्रेनमा रुसको युद्ध जारी रहेका बेला दुवै मुलुकबीच कूटनीतिक सम्बन्धलाई बलियो बनाउन लाभरोभ सोमवार दुई दिवसीय औपचारिक भ्रमणका क्रममा चीन पुगेका छन् । रुस र चीनले हालैका वर्षहरूमा सम्पर्कहरू बढाएका छन् र युक्रेनमा आक्रणमपछि उनीहरूबीचको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।
यद्यपि विश्लेषकहरूका अनुसार रुससँगको सम्बन्धमा चीनको हात माथि रहेको छ र मस्कोको अन्तर्राष्ट्रिय एक्लोपन गहिरिँदै जाँदा चीनको प्रभाव पनि बढ्दै गएको छ ।
मङ्गलवारको बैठकमा चिनियाँ विदेशमन्त्री वाङले वाचा गर्दै भने, ‘चीनले (भ्लादिमिर) पुटिनको नेतृत्वमा रुसलाई स्थिर विकासको समर्थन गर्नेछ ।’ आरआइए नोभोस्ती समाचार समितिका अनुसार वाङले भने, ‘बेइजिङ र मस्कोले विश्व मञ्चमा रणनीतिक सहयोगलाई बलियो बनाउन र एक आपसमा बलियो समर्थन प्रदान गर्न जारी राख्नेछन्, राष्ट्रपति पुटिनको बलियो नेतृत्वमा रुसी जनताको भविष्य उज्जव हुनेछ ।’
जवाफमा लाभरोभले राष्ट्रपति पुटिन हालै पुनः निर्वाचित भएकामा चीनको ‘समर्थन’ का लागि धन्यवाद दिए । इजभेस्टियाले टेलिग्राममा साझा गरेको बैठकको एक भिडियोअनुसार उनले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्वाचित राष्ट्रपति पुटिनलाई बधाई पठाउने पहिलो मानिसहरूमा हुनुहुन्थ्यो र हामी यो समर्थनका लागि हाम्रो चिनियाँ मित्रहरूप्रति आभारी छौँ ।’
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...