२६ असार २०८३, शुक्रबार

दमकको लाइफलाइन अस्पतालमा आगलागी: स्वास्थ्य उपकरण जले, डाइलासिस सेवा बन्द

चैत २८, २०८०
झापा
दमकको लाइफलाइन अस्पतालमा आगलागी: स्वास्थ्य उपकरण जले, डाइलासिस सेवा बन्द

दमकस्थित लाइफलाइन अस्पतालनजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा दुई करोड बराबरको क्षति भएको हो । 

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलासिस गराउने भवनमा फैलँदा अस्पतालका उपकरण र अन्य सामाग्री जलेर नष्ट भएका छन् ।  अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलासिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलासिस सेवा पूर्ण बन्द भएको बताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । 

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्