काठमाडौं, २७ असोज – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएको छ । ओपनर सागर पुन ३ रनमै आउट भए ।
त्यसपछि अर्का ओपन ज्ञानेन्द्र कार्की पनि आउट भए । नेपालका तेस्रा व्याट्सम्यान दिपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् । उनी कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका थिए ।
नेपालले ३ विकेट गुमाउँदै गर्दा ५६ रन बनाएको छ । नेपाल एक सय ९५ रनको लक्ष्य पछ्याउँदै खेलेका छन् ।