०३ असार २०८३, बुधबार

१४ वर्षीय बालकले गरे ५ करोडमा ड्रोन बनाउने सम्झौता

कात्तिक २०, २०७४
१४ वर्षीय बालकले गरे ५ करोडमा ड्रोन बनाउने सम्झौता
गुजरातमा एक कार्यक्रमको आयोजना गरिएको छ जहाँ एक १४ वर्षीय किशोर चर्चाका पत्र बनेका छन् । वाइब्रेट गुजारत समितमा हर्षवर्धन जाला किन छन् त चर्चामा ?

जालाले एक ड्रोनको डिजाइन गरेका छन् । जसको उत्पादनका लागि उनले सरकारसँग ५ करोड भारतीय रुपैयाको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यति कम उमेरमा यत्रो ठूला उपलव्धि भन्दै उनको चर्चा चुलिएको हो ।

हर्षवर्धनले गुजरात सरकारको विज्ञान विभागका साथ यस्तो ड्रोन तयार गर्नका लागि करार गरेका छन् कि जसको मद्दतमा युद्धको मैदानमा लगाइएको माइन्सको पत्ता लगाउन सकिन्छ । साथै यसको प्रयोगमा माइनलाई निष्क्रिय समेत गर्न सकिन्छ ।

कक्षा १० मा अध्ययनरत हर्षवर्धनले ड्रोनका तीन नमूना बनाएका छन् । जवकी उनीसँगैका विद्यार्थी बोर्ड परीक्षाको लागि तयारीमा जुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्