३२ असार २०८३, बिहीबार

मकैबारीबाट २० किलो गाँजा बरामद

चैत २८, २०८०
काठमाडौं
मकैबारीबाट २० किलो गाँजा बरामद
फाइल तस्वीर

बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान मकैबारीबाट २० किलो बढी गाँजा बरामद गरेको हो । 

प्रहरी देख्नासाथ ३ जना व्यक्तिहरू बोकेको बोरा फाली फरार भएका थिए । प्रहरीले उक्त बोराबाट गाँजा फेला पारी बरामद गरेको हो । 

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्