
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको कास्कीकोटस्थित एक प्राथमिक विद्यालय (प्रावि)का प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कास्कीकोटस्थित श्री सदाशिव प्राविका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध अख्तियारले बुधवार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरेको हो ।
प्रधानाध्यापक सुवेदीले विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट गरेर ३ लाख ७७ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
सो कार्यमा लेखापरीक्षक गौतमले पनि सघाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूविरुद्ध ३ लाख ७७ हजार २३६ रुपैयाँ ७५ पैसा जरिवाना र कैद सजायको माग पनि अख्तियारले गरेको छ ।
हेरौं विज्ञप्तिः
