
नेकपा माओवादी केन्द्रले पार्टीका केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
पार्टीका महासचिव देव गुरुङका अनुसार केन्द्रीय सदस्य गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै, वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिएको छ भने प्रवास समिति सदस्य सदस्य हर्कबहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
सभाको अर्को बैठक यही चैत ३० गते शुक्रवार अपरान्ह १ः१५ बजे बस्ने छ ।