![धमाधम हुँदैछ धोबीखोलाको सफाइ : ५५ जना खट्छन् दैनिक ७ घण्टा [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Cleaning_the_Dhobikhola_2_uNCDusoqB1.jpg)
धोबीखोला करिडोर अन्तर्गत सेतो पुलदेखि अनामनगरसम्मको क्षेत्र सफाइ थालिएको छ ।
चैत १८ गतेदेखि धोबीखोला अथवा रुद्रमति र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ शुरू भएको हो ।
श्रम बैङ्कबाट उपलब्ध ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ भइरहेको छ । सफाइ हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुने गरेको छ ।
पहिलो चरणमा खोलाको फोहोर उठाएर छेउमा जम्मा गरिनेछ भने फोहोर पूर्णरुपमा जम्मा गरिसकेपछि डोजर लगाएर झिकिने छ ।
काठमाडौंमा मुख्य ९ वटा नदी छन् ।
सफाइका क्रममा सबैभन्दा धेरै फोहोर प्लाष्टिकजन्य सामग्री छन् भने त्यसपछि कपडा भेटिएको छ ।
घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।
यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन ।
यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
तस्वीर : मनीष अर्याल/नेपाल फोटो लाइब्रेरी

















